लन्ली प्लानेट भन्छ: काठमाण्डाै विश्वकै पाँचौ घुम्नलायक सहर, ट्राफिक व्यवस्था दशककै राम्राे

 फागुन ४, २०७५ शनिबार १९:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनी लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ ।

लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ । 

सन् २०१५ को भूकम्पले काठमाडौंको रुप केही बिगारे पनि पुनर्निर्माण भैरहेको र यहाँका सम्पदा अत्यन्तै सुन्दर रहेको वेवसाइटमा उल्लेख छ ।

ट्राफिक व्यवस्था दशककै राम्रो

काठमाण्डाैकाे ट्राफिक व्यवस्था दशककै राम्रो रहेकाे कुरालाई वेबसाइटले बढी महत्व दिएकाे छ । त्यसबाहेक वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । 

घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूची अनुसार पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी, पाँचौमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डाकर र आठौंमा अमेरिकाको सियाटल, नवौंमा क्रोएसियाको जदार र दशौंमा मोरक्कोको मेक्नेज सहर रहेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया