मौसम : पश्चिमी पहाडी भूभाग र पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना

 फागुन ५, २०७५ आइतबार ८:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए पनि विस्तारै हट्दै गएर दिउँसो घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘बिहीबारदेखि आएको मौसमी प्रणाली हटेकाले आइतबार मौसम सफा हुन्छ । तर पश्चिमी भेगमा भने अलिअलि प्रभाव बाँकी नै भएकाले पश्चिम पहाडी भेग र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।’

आइतबार मौसममा सुधार आएपनि सोमबार फेरि अर्को पश्चिमी वायु भित्रिन लागेकोले भोलिदेखि फेरि मौसममा बदली हुने महाशाखाले जनाएको छ । बिहीबारदेखि आएको मौसमी प्रणाली केही कमजोर भएर शुक्रबार देशभरको मौसम सफा भए पनि शनिबार फेरि देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित पानी परेको थियो ।

सोमबारदेखि फेरि नयाँ प्रणाली आउने भए पनि सोमबार काठमाण्डौको मौसम भने सफा नै हुने महाशाखाले जनाएको छ ।  

यो वर्ष लगातार रुपमा आइरहेको पश्चिमी वायुको प्रभावले देशभर बदली र वर्षा भैरहेको छ । लामो समयसम्म घाम पनि लाग्न सकिरहेको छैन । यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायुको भित्रिरहेको छ । 

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ ।

निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । यसैको प्रभावले  उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने गर्छ ।


 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया