महिला टी–२० विश्वकप छनाैट : मलेसियालाई नेपालले दियाे १२७ रनकाे टार्गेट

 फागुन ७, २०७५ मंगलबार १०:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५विकेट गुमाउँदै एक सय २६ रन बनायो । नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।

नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता राना मगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुबिना क्षेत्रीले नेपालको पारीलाई अगाडि बढाउन प्रयास गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रनको योगदान गरिन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया