सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आठौं राष्ट्रिय खेलकुद र नेपालको प्रतिष्ठासँग जोडिएको १३ औं साग प्रतियोगिताको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्-राखेप र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँगकाे छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिमा भएको छलफलमा सांसदहरुले खेलकुदमा भएको राजनीतिक करणलाई हटाउन र अहिले देखिएको विवादित संघहरुका विषयमा चासो राखेका थिए ।
यसैगरी नेपालीलाई खुशरी बनाउने खेलकूद भित्रको गलत प्रवृति अन्त्य गरि स्वच्छ र मर्यादित बनाउन सरोकारवाला निकायका योजना के छन् भन्ने सांसदहरुकाे जिज्ञासामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समग्र खेलक्षेत्रको बारेमा जवाफ दिनुभएकाे थियाे । उहाँले नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउने अवसरको रुपमा १३ औं सागलाई लिएकाले सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढेको जानकारी गराउनुभयाे ।
आठौं राष्ट्रिय खेलकुदको तयारी पनि अन्तिम चरणमा पुगेको बताउँदै उहाँले चैत मसान्तभित्र प्रतियोगिता जानकारी दिनुभयाे ।
यसैगरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले अहिलेबाटै कामलाई गति दिन नसके पूर्वाधार तयार हुँदा पनि १३औं साग आयोजना नहुने तर्फ सचेत गराउनुभयाे । राखेपका सदस्य सचिव केशबकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारीको काम चलिरहेकाले चाँडै पूरा हुने बताउनुभयाे ।
यसैगरी १३औं सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालाको काम पनि तीव्र गतिमा बढेकाले खरिद प्रक्रियामा देखिएको झमेलाका कारण अप्ठेरो परेको उहाँले गुनासो गर्नुभयाे ।
सांसद् तथा सरोकारवाला निकायका प्रतिनिधिको जवाफ सुनिसकेपछि समितिकी सभापति जयपुरी घर्तीले नेपाली खेलकुदको विकासका लागि आफूहरु मिलेर काम गर्न तयार रहेको बताउनुभयाे । उहाँले प्रतियोगिताको मिति तत्काल तोकेर काम अघि बढाउन पनि निर्देशन दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।