आजको मौसम : काठमाण्डौसहित देशका धेरै ठाउँ घमाइलाे हुने सम्भावना

 फागुन ८, २०७५ बुधबार ७:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । 

पश्चिमी वायुको असरले पश्चिमको मौसम भने एकैछिन खुले पनि फेरि बदली भइहाल्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज पश्चिम र मध्य क्षेत्रको थोरै पहाडी भेगमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सफा हुनेछ । 

पश्चिमको मौसम रातीदेखि भने झन् बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै पूर्व र मध्य क्षेत्रको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् बासीको अनुमान छ । उहाँका अनुसार अहिले कमजोर रहेको पश्चिमी वायु रातिदेखि सक्रिय हुने देखिएकाले पश्चिमको मौसम भोलि झन् बदली हुने देखिएको हो । 

तर काठमाण्डौसहित मध्य र पूर्वको मौसम भने एकदुई दिन सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया