पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
कैलाली - धनगढी प्रिमियर लिगको पहिलो क्वालिफायर्समा सीवाइसी अत्तरियाले काठमाण्डाै गाेल्डेन्सलाई एक सय ११ रनको लक्ष्य दिएको छ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १० रन बनायो । मध्यम सुरुवात गर्दै अत्तरीयाले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपन जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किएपछि अत्तरियाले दोस्रो विकेट गुमायो ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुविन्धु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । अत्तरीयाको स्कोरबोर्डमा ६६ रन हुँदा तेस्रो विकेटका रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुविन्धु पाण्डे पनि पेभेलियन फर्किए । उनले १६ रन बनाए ।
पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरेपनि दुबै खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि अत्तरीयाले एक सय ६ रनमा ६ विकेट गुमायो । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।