इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो
कात्तिक २२, २०८१ बिहिबार
पकिस्तान सुपर लिग क्रिकेटको डेब्यु खेलमै सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् ।
पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले आफ्नो दोस्रो, तेस्रो र चाैथाे ओभरमा एक एक विकेट लिएका हुन् ।
दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । सन्दीपले उमर सिद्धिकी र जेम्स भिन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए ।
उनको बलमा ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भिन्स फकर जमानको हातबाट क्याच आउट भएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे ।
त्यसैगरी खेलकाे आफ्नाे १६ औं ओभरमा व्यक्तिगत चाैथाे ओभर लिएर आएका उनले आन्द्रे रसललाई कट एण्ड बाेल्ड गरेका हुन् ।
उनले ४ ओभरकाे स्पेलमा ४६ रन खर्चिएदा ३ विकेट हात पार्न सफल भए । ४ ओभरमा उनले १ चाैका र ५ छक्का खाएका थिए भने ९ बल डट राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।