सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा नेपाली युवा बलर सन्दीप लामिछानेले २० रन दिएर १ विकेट लिएका छन् ।
उनले तेस्रो ओभरकोे पहिलो बलमा विकेट लिएका थिए । लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध शुरुका दुई ओभरमा १३ रन दिएका थिए । तेस्रो ओभरमा थप ४ रन खर्चिदै पहिलो विकेट लिन सफल भए । सन्दीपले अहसन अलिलाई बोल्ड आउट गरे । यसअघि उनलेनै सन्दीपको बलमा छक्का प्रहार गरेका थिए । सन्दीपले टिमलाई चौथो सफलता दिलाएका हुन् । अलि २९ बलमा ४० रन बनाएर आउट भए ।
सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा १० रन खर्चिएका थिए । समग्रमा चार ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिएर १ विकेट लिए ।त्यसअघि लाहोरले टस हारेर पहिला ब्याटिङ गर्दा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
उसका लागि सन्दीपले नट आउट ५ रनको योगदान गरेका थिए । लाहोरका लागि कप्तान एबीडिभिलियर्स ४५ रनमा नट आउट रहँदा सोहेल अख्तरले २९ रन बनाए । क्वेटाका लागि गुलाम मुदसरले ३ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।