देशका धेरैजसो भूभागमा पानी पर्ने सम्भावना

 फागुन १२, २०७५ आइतबार ७:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । धेरैजसो ठाउँको मौसम अहिले बद्ली भएको र दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो । 

सुदूरपश्चिमका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा आइतबार हिमपातको पनि सम्भावना छ ।

केहीदिन यता काठमाडौको तापक्रम बढ्दै गएको छ । शुक्रबार र शनिबार काठमाण्डौको अधिकत तापक्रम २५ डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार र सोमबार देशभर नै बद्लीको सम्भावना रहेकाले तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया