एनसेल टावरमा विष्फोट र आगजनी गरेको आशंकामा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थाल्यो

 फागुन १२, २०७५ आइतबार ८:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलका टावरमा बम विष्फोट र आगजनी गरेको आशंकामा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थालेको छ । लतिलपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयसहित विभिन्न ठाउँमा रहेका टावरमा बम विष्फोट र आगजनी गरेको अयिभोगमा १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

नख्खुमा भएको विष्फोटमा एकजना सर्वसाधारणको ज्यान जानुका साथै दुईजना घाइते भएका छन् । यस्तै, कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा पनि परिचय नखुलेको समूहले आगजनी गरेको छ । घटनापछि देशभर सुरक्षा व्यवस्थामासमेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । 

एनसेलका धेरै टावरमा विष्फोट र आगजनी गरिएको घटनामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको संलग्नता रहेको आशंका गरेको छ । तर विप्लव नेतृत्वको माओवादीले भने घटनाको जिम्मेवारी लिएको छैन ।

यस्तै एनसेल प्राइभेट लिमिटेडले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको भत्र्सना गरेको छ । घटनापछि एनसेलले सम्बन्धित सुरक्षा निकायको सहयोगमा देशैभरका आफ्ना सम्बन्धित स्थानमा जनधनको सुरक्षाका लागि आन्तरिक सुरक्षा बढाएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया