महिला क्रिकेट : नेपाल र हङकङकाे खेल आज

 फागुन १२, २०७५ आइतबार ८:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० तथा एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले चाैथो खेल आज हङकङसँग खेल्दैछ ।

थाइल्याल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा तीन खेलमा दुईमा जित निकालेको नेपाल चिरप्रतिद्वन्द्वी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । थाइल्याण्डसँग पराजित भएपछि शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ ।

नेपाललाई शीर्ष स्थानमा पुग्नका लागि थाइल्याण्ड कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ । थाइल्याण्ड शीर्ष स्थानमा छ ।

यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ । त्यसैले पनि नेपालविरुद्धको खेलमा उसले पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया