आइसीसी महिला टी–२० विश्वकपकाे एसिया क्षेत्रीय छनोटमा नेपालकाे तेस्रो जित

 फागुन १२, २०७५ आइतबार १५:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो । नेपालका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिन सफल भइन् । व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् ।

योसँगै नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन् । यसअघिको प्रतियोगितामा ४ विकेट लिएकी थिइन् । आजको खेलमा नेरीले नेपालले लिएका शुरुआतका ६ वटै विकेट लिएकी हुन् । बाँकी २ विकेट सिता रानामगरले लिइन् ।

नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन ।

यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले यी सान टुलाई खातानै खोल्न नदिई पेभेलियन पठाउन सफल भइन् । तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन् ।

राम्रो सुरुआत गरेको हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् । पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् ।

योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् । यतिमा नेरीको विकेट लिने यात्रा  रोकिएन । उनले छैटौं बिकेट पनि लिन सफल भइन् ।

उनले जस्मिन टिटमसलाई छैटौं विकेटको रुपमा सिकार गरेकी थिइन् । नेरीले स्पेल सक्दा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो । सातौं विकेटको रुपमा सिता राना मगरले १९ रन बनाएकी मरिनालाई आउट गरेकी थिइन् ।

आठौ विकेट अन्तिम ओभरको अन्तिम बलमा जेनिफर डेभिइसलाई हङकङले गुमाएको थियो । उक्त विकेट पनि सिताले लिन सफल भइन् ।

जवाफमा नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत रन बनाइन । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा नेपालले पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट गुम्यो ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया