पश्चिमी वायु सक्रिय : वर्षा र हिमपातको सम्भावना

 फागुन १३, २०७५ सोमबार ८:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वी पहाडी भूभागका केही ठाउँमा सोमबार मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने पनि उहाँको अनुमान छ ।

सोमबार काठमाण्डौ उपत्यकामा मौसम आंशिक बदली भएको छ । पश्चिमी वायु सक्रिय भएकाले मंगलबार देशका धेरै भूभागमा र बुधबार देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । 

अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँदमा वर्षा र हिमपात बढी भएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया