८१ वर्षीया वृद्धा बलात्कृत

 फागुन १३, २०७५ सोमबार ९:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । गएको शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेउकै घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए ।

आरोपित परियारलाई शुक्रबार राति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । उहाँले म्याद थपेर आरोपित परियारमाथि अनुसन्धानको कार्य थप अगाडि बढाइएको र भने पीडितको अवस्था सामान्य रहेको बताउनुभयो । 

यसअघि पनि आरोपित परियार गाई मारेको अभियोगमा ५ वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया