तिलोत्तमा गोल्डकप उपाधि : पुलिस र दाउफिन्समा कसले मार्ला बाजी ?

 फागुन १३, २०७५ सोमबार १०:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलमा भैरहेको २१ औ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्त साेमबार हुँदैछ । दिउँसो २ बजेपछि एन्फा एकेडेमी बुटवल देवीनगरको खेल मैदानमा नेपाल पुलिस क्लबले गोल्डकपको उपाधिका लागि दाउफिन्स क्यामरुनको सामना गर्नेछ ।

मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकप पाँचौ पटक उचाल्ने लक्ष्यमा छ ।

झापालाई ५–० ले हराएको दाउफिन्सले रुपन्देहीलाई २ – ० ले हराएको थियो । उसले प्रतियोगितामा गोल खाएको छैन । पुलिसले प्रतियोगितामा ५ गोल गरेको छ भने १ गोल मात्रै खाएको छ । दार्जीलिङ भारतलाई २–० ले क्वार्टरफाइनलमा हराएको पुलिसले सेमिफाइनलमा च्यासललाई २–१ ले हराएको थियो ।

रुपन्देही ११ लाई हराएर दाउफिन्स र च्यासल युथ क्लबलाई हराएर नेपाल पुलिस क्लबले उपाधि नजिक आफूहरुलाई उभ्याएका हुन् । विजेताले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गर्ने छ । 

उपविजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई २५ हजार नगद प्राप्त गरिनेछ भने उत्कृष्ट खेलाडीले स्कुटी पुरस्कार पाउनेछ ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया