पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता राना मगर ११ रनमा आउट भइन् । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।
नेपालको स्कोर ५ रन हुँदा अरु दुई विकेट झर्न पुग्यो । जसमा विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किइन् । यस्तै नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा तीन तथा कप्तान रुबिना क्षेत्री ५ रनमा आउट भइन् । तर त्यसपछि नेपालका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन ।
जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदा ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो । उसका लागि झाङ चानले तीन, कप्तान हुवाँ झुओले तीन, फो सोङले ६ रन बनाइन् ।
तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । तर झु १८ रनमा आउट भएपछि चीनले ५८ रनमा चौथो विकेट गुमायो ।
अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन आवश्यक थियो । तर उसले पूरा गर्न सकेन । जसमा उसले एक विकेट गुमाउन पुग्यो । बलिङमा नेपालका लागि सिता राना मगरले तीन विकेट लिइन् ।
आजकाे जितसँगै नेपाल ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तेस्राे स्थानमा रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।