सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
भारतमा जारी डाक्टर ता. आओ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे समूह चरणमा नेपालको यू–२१ टिमले सुखद अन्त्य गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नागाल्याण्डलाई चार-एक गोल अन्तरले हरायो ।
नागाल्याण्डकाे लक्ष्मीबाई स्टेडियममा भएको खेलमा नेपालको एन्फा टिमले नागाल्याण्डलाई चार-एक गोल अन्तरले हरायो ।
नेपालको जितमा रेजिन सुब्बाले तथा अभिषेक रिजालले दुई-दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै रेजिनले टिमलाई अग्रता दिलाएका थिए । तर १५ औं मिनेटमा नागाल्याण्डका मिल्लु मिदीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
२९ औं मिनेटमा अभिषेकले फेरि नेपालको टिमलाई अग्रता दिलाए । ६३ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गरे भने टिमलाई तीन-एकको अवस्थामा पुर्याए ।
त्यसपछि ७४ औं मिनेटमा फेरि अभिषेकले टिमका लागि चौथो गोल गरे । ७७ औं मिनेटमा नेपाली टिमका राजन गुरुङ रातो कार्ड पाए भने नागाल्याण्डका मिडफिल्डर मेजिबुकले पनि रातो कार्ड पाए । त्यसपछि दुवै टिम १० खेलाडीमा झरे पनि गोल गर्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।