ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका सदस्यसमेत रहनु भएका गृहमन्त्री थापाले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो ।
मंगलबार काठमाण्डाैमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने संकल्प पनि गर्नुभयो ।
शहीदहरुको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै गृहमन्त्री थापाले अब मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिनुभयो ।
गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पुर्याएको योगदानको पनि खुलेर प्रशंसा गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।