इंग्लिस प्रिमियर लिग: सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्स लेस्टर सिटी जाँदै

 फागुन १४, २०७५ मंगलबार २०:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीको प्रशिक्षकमा ब्रेन्डन रोजर्स नियुक्त हुने भएका छन् ।

जसका लागि रोजर्सले सेल्टिक क्लबबाट राजिनामा दिएका छन् ।

लिगमा खराब प्रदर्शन गरेको भन्दै लेस्टरले प्रशिक्षक क्लाउडी पउललाई बर्खास्त गरेको केही घण्टामा नै आइरिस क्लब सेल्टिकबाट रोजर्सले राजिनामा दिएका छन् । उनी लेस्टरको प्रशिक्षक हुनका लागि राजिनामा दिएको बताइएको छ । 

ग्लास्कोको क्लबको प्रशिक्षकमा नियुक्त भएपछि रोजर्सले सात वटा घरेलु प्रतियोगिताको उपाधि जितेका छन् । रोजर्सले राजिनामा दिएपछि सेल्टिकको अन्तरिम प्रशिक्षकमा जोन केनेडी नियुक्त हुने भएका छन् ।

लिभरपुलका पूर्व प्रशिक्षक रहिसकेका रोजर्सले सेल्टिकमा हुँदा दुई स्कटिश प्रिमियरशिप, तीन स्कटिश लिग कप, दुई स्कटिश कप जितेका छन् । यस्तै लिभरपुल उनकै कार्यकालमा च्याम्पियन्स लिगको समूह चरणमा पुगेको थियो । तर अघिल्लो सातामात्र सेल्टिक युरोपा लिगको समूह चरणबाट बाहिरिएको थियो । 

यता लेस्टरका प्रशिक्षक पउलले १६ महिनाको कार्यकालमा अन्तिम खेलमा क्रिस्टल प्यालेससँग चार एकले हारेको थियो । जसका कारण लिगमा लेस्टर १२ औं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया