चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयाे
कात्तिक २२, २०८१ बिहिबार
प्रिमियर क्लब लेस्टर सिटीको प्रशिक्षकमा लिभरपुलका पूर्व म्यानेजर ब्रेन्डन रोजर्स नियुक्त भएका छन् । सेल्टिक क्लबबाट राजीनामा दिएको २४ घण्टा पनि नपुग्दै रोजर्स लेस्टरको म्यानेजरमा नियुक्त भएका हुन् ।
उत्तरी आयरल्याण्डको क्लब सेल्टिकबाट राजिनाको दिएको केही घण्टामा नै रोजर्सलाई लेस्टरले सन् २०२२ सम्मका लागि अनुबन्ध गरेको छ । प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै लेस्टरले प्रशिक्षक क्लाउडी पउललाई बर्खास्त गरेको थियो ।
१६ महिनाको कार्यकालमा पउलले पहिलो सिजन क्लबलाई लिगको नवौ स्थानमा राखेका थिए । अहिले लेस्टर प्रिमियर लिगको १२ औं स्थानमा रहेको छ । रोजर्स लेस्टरमा अनुबन्ध भएपछि उनी पुनः प्रिमियर लिगमा फर्किएका छन । उनले यसअघि लिभरपुल र स्वास्ने सिटीलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकमा नियुक्त भएपछि रोजर्सले आफू लेस्टरको प्रशिक्षक हुन पाएकोमा निकै खुसी रहेको बताएका छन् । साथै उनले क्लबलाई आगामी दिनमा राम्रो लयमा अगाडी लाने र त्यसका लागि सबै मिलेर जानुपर्ने बताएका छन् । रोजर्सले राजीनामा दिएपछि नील लेनोन सेल्टिकको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।