यौन दुर्व्यवहारका अभियुक्त प्रधानाध्यापकलाई ५ वर्ष कैद

 फागुन १५, २०७५ बुधबार १०:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – आफैँले पढाउने ४ बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम ५ वर्ष कैद सजाय सुनाएको छ । 

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई मंगलबार पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ५ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

५० वर्षीय प्रधानाध्यापक पौडेलले विद्यालयमा गएको एक वर्षदेखि ७ वर्षीया दुईजना, १० वर्षीय एकजना र १२ वर्षीया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गएको साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको थियो । 

बालिकाहरु टोलाउने, एकसुरे हुने र बिरामी हुने गरेपछि अभिभावकले सोध्दा शिक्षकले हिंसा गर्दै आएको खुलेको थियो । पीडित बालिकाहरुका अभिभावकहरुले प्रहरीमा साउन ६ गते नै उजुरी दिएका थिए । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया