विवादमा रहेका दुई वटा कराते महासंघ भए एक

 फागुन १५, २०७५ बुधबार १४:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयदेखि विवादमा रहेका दुई वटा कराते महासंघ एक भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दुई कराते महासंघलाई पुनर्गठन गरिएको हो ।

नवगठित नेपाल कराते महासंघमा यसअघि अस्तित्वमा रहेका दुबै महासंघका पदाधिकारीको उपस्थिति रहेको छ । शम्भु आचार्य र दावा गुरुङ संयुक्त रुपमा अध्यक्ष रहेको नवगठित कराते महासंघलाई तीन महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

नयाँ कार्यसमितिमा दुई जना अध्यक्ष छन् भने पुरेन्द्र विक्रम लाखे उपाध्यक्ष छन् । यस्तै हरिशरण केसी महासचिव र ओमकृष्ण प्रसाईंँ सहमहासचिव छन् । बीआर मित्र र श्याम शेर्पा सचिव रहेको कमिटीमा १३ जना केन्द्रीय सदस्य छन् ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समितिले दुवै महासंघलाई एक ठाँउमा ल्याउनका लागि निर्वाचन नै विकल्प रहेको भन्दै दुवै महासंघलाई सहमत गराएको थियो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एकताको पक्षमा नरहनेलाई कुनै स्थान नरहेको प्रतिक्रिया दिनुभयाे ।

यसअघि राष्ट्रिय मान्यता प्राप्त कराते महासंघको नेतृत्व दावा गुरुङले गरिरहनुभएकाे थियाे भने अन्तर्राष्ट्रिय मान्यता पाएको भनिएको महासंघको नेतृत्व पुरेन्द्र विक्रम लाखेले गर्नुभएकाे थियाेे । पुरेन्द्र लाखेको महासंघलाई नेपाल ओलम्पिक कमिटीले समर्थन गरिरहेको थियो ।

पूर्व सदस्य सचिव युवराज लामाको पालामा सल्किएको करातेको विवादका कारण दक्षिण एसियाली खेलकुदका साथै एसियाडमा पनि खेलाडीको सहभागितामा अन्तिम समयसम्म अन्योल रहँदै आएको थियो ।

२०१४ को एुियाडमा दुई वटा करातेले छुट्टा-छुट्टै सहभागिता जनाएका थिए । जसमा करातेकी विमला तामाङले पदक जितेर नेपालको इज्जत जोगाएकी थिइन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया