यातायात क्षेत्रकाे चक्रीय प्रणाली खारेज गर्ने कानुन बनाउन राष्ट्रिय सभाका सांसदहरुकाे माग

 फागुन १५, २०७५ बुधबार १४:३०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सभाका सांसदहरुले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन सरकारसँग माग गरेका छन् । 

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकारसँग माग गर्नु भएको हो । राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले औद्योगिक क्षेत्रहरुमा स्थापना गरिएका उद्योगहरुको जग्गाको भोगचलनसम्बन्धी विवाद तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र, हेटाै‌डा औद्योगिक क्षेत्रमा स्थापना गरिएको उद्योगको स्वामीत्वको विषयलाई लिएर विवाद चर्किँदै गएकोमा सो समस्या तत्काल समाधान गर्नुपर्ने सांसद बिडारीको सरकारसँग माग छ ।

सांसद रामलखन चमारले नवलपरासीमा रहेकोे महेशपुर भन्सार घाटामा गएको उल्लेख गर्दै त्यसबारे संघीय संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी सांसद शान्तिकुमारी अधिकारी (जिसी)ले मुलुकमा विद्यमान महिला हत्या, हिंसालगायतका घटना तत्काल नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया