कल्पनासम्म गरेकाे थिइनँ, मित्र रवीन्द्रले यसरी अकस्मात बिदाइ लिनेछन् भनेर : कांग्रेस प्रवक्ता शर्मा

 फागुन १५, २०७५ बुधबार १७:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली राजनीतिक परिर्वतनमा  पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सक्रिय भूमिका रहेको बताउनु भएको छ । 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका रवीन्द्र अधिकारीको सम्झनामा बुधबार एक शोक विज्ञप्ति सार्वजनिक गर्दै प्रवक्ता शर्माले वैचारिक दृष्टिकोणले अलग भए पनि लोकतन्त्रको सवालमा सम्पूर्ण एकता निर्माणमा अधिकारीको भूमिका सक्रिय रहेको बताउनुभएको छ । 

कांग्रेस प्रवक्ता शर्मा लेख्नुहुन्छ,

रवीन्द्र अधिकारी कुनैबेला अनेरास्ववियूको अध्यक्ष छँदा म नेपाल विद्यार्थी संघको सभापति थिएँ । दरबार हत्याकाण्डलगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथि उठाएर 'लोकतन्त्रका सवालमा सम्पूर्ण एकता' को निर्माणमा अर्को अनेरास्वविय"का अध्यक्ष मित्र राजेन्द्र राई र मसँगै रवीन्द्रजीको सक्रिय भूमिका स्मरण गरिरहेको छु ।

राजनैतिक रूपमा मेरा आदरणीय साथी रवीन्द्र व्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए । कल्पनासम्म गरेको थिइनँ, यी मिलनसार मित्र रवीन्द्रले यसरी अकस्मात बिदाइ लिनेछन् भनेर । उहाँको निधनले मर्माहत छु, अत्यन्तै दु:ख लागेको छ  ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रवीन्द्रसँगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।

    
    
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया