छठ पर्वमा सजिएको काठमाण्डौ (फोटो फिचर)
कात्तिक २२, २०८१ बिहिबार
पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले क्वेट्टा ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको छ ।
दुबईमा बुधबार राति भएको खेलमा सन्दीप लामिछानेले सुरुआती ४ विकेट लिएपछि पहिला ब्याटिङ गरेको क्वेटा १९।१ ओभरमा १०६ रनमा समेटिएको थियो । क्वेटाका लागि एहसान अलिले सर्वाधिक ३३ रन बनाउँदा कप्तान सर्फराज अहमदले २९ रन जोडे ।
मोहमद नवाजले १२ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लाहोरबाट खेलिरहेका नेपाली खेलाडी सन्दीपले बुधबार टिमलाई सुरुआती चारवटै सफलता दिलाएका थिए । कलन्दर्सले आक्रामक पारी खेल्दै ३ ओभरमा ३१ रन पुर्याएका बेला सन्दीपलाई चौथो ओभरको बल थमाइएको थियो ।
सन्दीपको पहिलो बलमा शेन वाट्सनले १ रन बनाए । दोस्रो बल असन अलिले डट राखे भने तेस्रो बलमा एक रन लिँदै वाट्सनलाई स्ट्राइक दिए । त्यसपछि चौथो बल फेस गर्दा शेन वाट्सन एलबीडब्ल्यूको धरापमा परे । सन्दीपको अपिलपछि रेफ्रीले रिभ्यू लिँदै आउट गरेका थिए । वाट्सन ७ रनमा पेभेलियन फर्किएका थिए ।
त्यसपछि क्रिजमा आएका रिले रुसाेले पाँचौ बल डट खेले भने अन्तिम बलमा एक रन लिएका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएर एक विकेट लिए । लामिछानेले व्यक्तिगत दोस्रो ओभर टिमको छैटौं ओभरमा लिएर आएका थिए ।
उनले पहिलो बलमै ८ रन बनाएर खेलिरहेका रुसाेलाई आउट गरे । सन्दीपको गुगलीमा फसेका रुसाे डेभिड विसेको हातबाट क्याच भएका थिए । त्यसपछि उमर अकमलले दोस्रो बलमा एक रन जोडे । एहसान अलिले त्यसपछिका २ बलमा रन बनाउन सकेनन् ।
पाँचौं बलमा एक रन बनाएपछि उमर अकमल अन्तिम बल फेस गर्न क्रिजमा आएका थिए । जसमा सन्दीपले अकमललाई गुगलीमा फसाउँदै बोल्ड गरेका थिए । सन्दीपले व्यक्तिगत दोस्रो ओभरमा २ रन खर्चिएर २ विकेट लिए । २ ओभरमा उनले ३ विकेट लिएर ५ रन खर्चिए ।
व्यक्तिगत तेस्रो ओभर लिएर आठौं ओभरमा बलिङ गरेका थिए । पहिलो र दोस्रो बलमा डेभिड अजिजले रन बनाउन सकेनन् । तेस्रो बलमा अजिज सन्दीपको बलमा आउट हुँदै पेभेलियन फर्किए । त्यसपछिका तीन बलमा एहसान अलि र सर्फराज अहमदले ३ रन बटुलेका थिए ।
सन्दीपले तीन ओभरमा ८ रन खर्चिएर ४ विकेट हात पारे । आफ्नो स्पेलको अन्तिम ओभर लिएर १० औं ओभरमा आएका सन्दीपले २ रन मात्र दिएका थिए । समग्रमा उनले १० रन खर्चिएर महत्वपूर्ण चार विकेट लिए ।
जुन टी–२० क्रिकेटमै व्यक्तिगत सर्वोत्कृष्ट प्रदर्शन पनि हो । सन्दीपले आफ्नो स्पेल सकाउँदा क्वेटाले ५ विकेट गुमाएर ५७ रन बनाएको थियो । त्यसपछि बाँकी ४९ रन जोड्दा क्वेटा अल आउट हुँदै १०६ रनमा रोकिएको थियो ।
१०७ रनको लक्ष्य पछ्याएको लाहोरले १६।३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
लाहोरको जितमा एबी डिभिलियर्स ४७ तथा हरिस सोहेल ३३ रनमा नट आउट रहे । गोहर अलि २१ तथा फकहर जमाम २ रनमा आउट भएका थिए । क्वेटाका लागि मोहमद हस्निन र ह्यारी गुरेनीले एक एक विकेट लिए । बुधबारको खेलमा सन्दीप लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् । पीएसएलमा लाहोर जितसँगै ६ अंकका साथ पाचौं स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।