आज दिनभर मौसम खुल्ने सम्भावना छैन : मौसमविद्

 फागुन १६, २०७५ बिहीबार ७:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले अहिले काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

काठमाण्डौको शिवपुरी, चन्द्रागिरीसहित उच्च भेगमा हिमपात भैरहेको छ । काठमाण्डौ र मध्य क्षेत्रमा दिउँसोदेखि पानी पर्न रोकिएपनि मौसम भने नखुल्ने मौसमविद् अर्यालको अनुमान छ । तर पूर्वमा भने बिहीबार दिनभरी नै झरी पर्ने संभावना छ ।

अहिले पानी पारिरहेको प्रणाली पूर्वतिर नै सरिरहेकाले पूर्वमा बिहीबार एकैछिन पानी पर्न रोकिएपनि फेरि पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । पश्चिमको मौसम भने विस्तारै खुल्दै जानेछ । मध्य क्षेत्रको मौसम बेलुकीदेखि खुले पनि पूर्वी पहाडी क्षेत्रमा भने शुक्रबार पनि मौसम नखुल्ने उहाँको अनुमान छ । 

फेरि शनिबार अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले शनिबारदेखि फेरि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा खराबी आउने भएकाले तत्काल पदयात्रामा ननिस्कन पनि मौसमविद्ले सुझाव दिएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया