दिवंगत मन्त्री अधिकारीप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली : टुँडिखेलमा घुइँचो

 फागुन १७, २०७५ शुक्रबार ९:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा पुगेर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेकपाका अध्यक्ष ओली र प्रचण्डले पार्टीको झण्डा ओढाउनुभयो । श्रद्धाञ्जलीका लागि अरु विशिष्ट व्यक्तिसहित पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणको टुँडिखेलमा घुईंचो छ ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाण्डौको टुँडिखेलमा राखिएको छ ।

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएपछि बिहान ८ बजेपछि मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिएको हो । 

श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ । अरुको पनि शव परिवारलाई बुझाएपछि आफ्नै परम्परा अनुसार अन्तिम संस्कार हुने गृह मन्त्रालयले जनाएको छ । 

काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाण्डौ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो । 


 

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया