उच्च वायुमण्डलको मौसमी अवस्था थाहा पाउन आजदेखि फेरि बेलुन उडाउने

 फागुन १७, २०७५ शुक्रबार ११:४०:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – उच्च वायुमण्डलको मौसमी अवस्था थाहा पाउन आजदेखि रेडियसन जडित बेलुन फेरि उडाउन थालिएको छ । कीर्तिपुरबाट रेडियसनजडित बेलुनमा हाइड्रोजनन ग्यास भरेर उच्च वायुमण्डलमा पठाउन थालिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यो बेलुनमा जोडिएको रेडियसनले उच्च वायुमण्डलमा पुगेर त्यहाँको मौसमी गतिविधिबारे थाहा दिने र यसले मौसम पुर्वानुमान गर्न सहज हुने उहाँले बताउनुभयो । बेलुनमा जडिन रेडियसनले जमिनदेखि वायुमण्डलको भ्रमण गर्दा पानी पर्नका लागि विकसित हुने मौसमी अवस्थाको बारेमा थाहा हुने हुँदा यसले मौसम पूर्वानुमान सहज हुन्छ । 

रेडियसन प्रयोग नहुँदा माथिल्लो वायुमण्डलको अवस्था थाहा पाउन भारतको तथ्याङकमा भर पर्नुपरेको मौसमविद कँडेलले बताउनुभयो । गएको असार ६ गते वायुमण्डलको अवस्था थाहा पाउन नेपालमै पहिलोपल्ट बेलुन उडाइएको थियो ।

तर ग्यास रसायन अभाव भएपछि उडाउन रोकिएको बेलुन आजदेखि फेरि उडाउन थालिएको हो । यो बेलुन एकपटक उडाउन झण्डै २५ हजार रुपैयाँ खर्च लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया