ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले नेपाललाई यूरोपियन यूनियन (ईयू)को कालोसूचीबाट हटाएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शुक्रबार टुडिँखेलमा मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव पौडेलले ईयूको कालोसूचीबाट नेपाललाई हटाइने बताउनु भएको हो ।
मन्त्री अधिकारी नेपाली आकाश पहिलेको तुलनामा सुरक्षित बन्दै गएको भन्दै बिहीबार जर्मनी भ्रमणका क्रममा ईयूका अधिकारीसँग छलफल गर्ने कार्यक्रम थियो । तर बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर मन्त्री अधिकारीको नै ज्यान गएपछि ईयूको कालोसूचीबाट नेपाललाई हटाउने प्रयास थप जटिल बनेको छ ।
‘नेपाललाई ईयूको कालोसूचीबाट हटाए मन्त्री अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ’ उहाँले भन्नुभयो, ‘उहाँले थालेको सार्थक प्रयासलाई हामी निरन्तरता दिन्छौँ । जतिसक्दो छिटो ईयूको कालोसूचीबाट नेपाललाई हटाउने प्रयास गर्छौ ।’
नेपालमा घरेलु र अन्तरराष्ट्रिय गरी ठूल्ठूला हवाइजहाज दुर्घटना भएपछि ईयूले सन् २०१३ मा नेपाली हवाइजहाजलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो । त्यसयता पटक पटक आग्रह गर्दा पनि ईयूले नेपाललाई आफ्नो कालोसूचीबाट हटाएको छैन ।
महासचिव पौडेलले मन्त्री अधिकारीले नेपाली पर्यटन र उडड्यन क्षेत्रमा थालेका सबै प्रयासका विषयमा समीक्षा गरेर त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
यसका लागि अब बस्ने पार्टीको बैठकमा छलफल हुने पनि उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।