भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति भण्डारीद्वारा चिन्ता व्यक्त

 फागुन १७, २०७५ शुक्रबार १४:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डौ – राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले दुई देशबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । शुक्रबार काठमाण्डौमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो । 

राष्ट्रपति भण्डारीलेसनातन चिन्तनले सहिष्णुता, सह–अस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण गराउनुभयो । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया