दिवंगत मन्त्री अधिकारीलाई पाेखरामा अन्तिम श्रद्धाञ्जली !

 फागुन १७, २०७५ शुक्रबार १५:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि अर्पण गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

कास्की –  हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पाेखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीकाे शव प्रदर्शनी केन्द्रमा राखिएकाे छ । 

रवीन्द्रप्रसाद अधिकारीलाई श्रद्धाञ्जलि दिन शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा पुग्नुभएकी अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारीको शव शुक्रबार दिउँसो ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर पोखरामा शुक्रबार श्रद्धाञ्जली अर्पण गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता बामदेव गौतम ।श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ । 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएको छोरा रवीन्द्रप्रसाद अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्दै अधिकारीकी आमा लक्ष्मीश्रद्धाञ्जलीका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल, नेकपा नेता वामदेव गाैतम, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पाेखरामा हुनुहुन्छ । 

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ ।

तस्बिर-रासस

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया