पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर: भेन्टिलेटरमा राखेर उपचार हुँदै

 फागुन १७, २०७५ शुक्रबार १६:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको छ ।

‘स्वास्थ्य अवस्था जटिल भएपछि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, स्वास्थ्यमा सुधार आएको छैन’ डाक्टरलाई उदृत गर्दै नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले उज्यालोलाई भन्नुभयो ।  

अधिकारीको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचार भइरहेको छ । यस अघि उहाँको मेडिसिटी अस्पतालमा उपचार सुरु गरिएको थियो । तर त्यहाँ उपचारमा लापरबाही भएको भन्दै उहाँलाई ह्याम्स् अस्पतालमा सारिएको हो ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया