दिवंगत मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने

 फागुन १७, २०७५ शुक्रबार १६:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने भएको छ ।

मन्त्री अधिकारीको परिवारले १३ दिनकाे सट्टा सात दिनमा काजकिरिया सक्ने बताएका उहाँका बाल्यकालका साथी धनराज आचार्यले बताउनुभयो । पोखरामा श्रद्धाञ्जली सभामा उहाँले आफू सानै बेलाका साथी भएको र मन्त्री अधिकारीको सपना पूरा गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीको शुक्रबार नै अत्येष्टि गरिने छ भने शवयात्रा सुरु भइसकेको छ । पाेखरा प्रदर्शनी केन्द्रबाट सुरु भएकाे शवयात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिने गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका सातैजनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पणपछि मन्त्री अधिकारीको शव पोखरा पठाइएको हो ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया