आज र भोलि देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

 फागुन १८, २०७५ शनिबार ७:५४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उहाँले जानकारी दिनुभयो । यसकै प्रभावले अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । 

पर्सि भने मौसम खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ । केही दिनअघि न्यूनतम तापक्रम ८ दशमलब ५ डिग्रीसम्म पुगेको काठमाण्डौको हिजोको तापक्रम २ दशमलब ८ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएका कारण देशभरि नै चिसो हावा चलेको हो । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया