२ किलो ३ सय ग्राम सुनसहित २ जना पक्राउ

 फागुन २३, २०७५ बिहिबार १२:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली– प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ । 

चिसापानीमा जाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारी रमेश कुमार शैजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

शैजुसँगै गाडीमा रहेकी सीता चौधरीलाई पनि सोधपुछका लागि समातिएको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताउनुभयो।  

उनीहरुले सुन ल्याउदै गरेको बा १९ त ७४१३ नम्बरकाे गाडी पनि बरामद गरिएको छ । शैजुले काठमाण्डाैबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ । तर, शैजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिए पनि एक किलो सुनको बिल भने छैन ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया