ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुभएकाे छ ।
उहाँले श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सहयोग हस्तान्तरण गर्नुभएकाे हाे ।
विवाह भएको १६ औँ वर्ष पूरा गरेकोले उहाँले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गर्नुभएकाे छ ।
सहयोग हस्तान्तरण गर्दै उहाँले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उहाँले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रमोद बि क
March 7, 2019, 5:40 p.m.निकै राम्रो काम गरे जस्तो लाग्यो होला नेता ज्यु राज्य को बजेट जति सबै भ्रष्टचारमा ठिकै छ । सक्नु हुन्छ भने भ्रष्टचार रोकेर देखाउनु होस नेता जी यस्ता रंगशाला हरेक जिल्ला मा बन्छन ।।।।