सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डौ - नेपाली राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ४ खेलको प्रतिबन्ध लगाइएको छ ।
यो प्रतिबन्ध अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने होइन् । हालै धनगढीमा भएको डीपीएल क्रिकेटमा काठमाण्डौ गोल्डेन्सको कप्तानी गरेका कारण मल्ललाई चार खेलको प्रतिबन्ध लगाइएको हो ।
डीपीएलमा महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्सले खेल बहिष्कार गरेको थियो । काठमाण्डौका खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाइएपछि काठमाण्डौले खेल बहिष्कार गरेको थियो ।
कप्तान मल्ल समयमै मैदानमा नजानुका साथै अम्पायरले गरेको निर्णयमा पनि काठमाण्डौले आपत्ति जनाउँदा चुप बसेका थिए । डीपीएलको टेक्निकल कमिटिले काठमाण्डौ गोल्डेन्सका कप्तान मल्ललाई नियम उलङ्घन गरेको भन्दै कारबाही गरेको हो ।
डीपीएल सकिएको करिब २ सातापछि टेक्निकल कमिटीले काठमाण्डौका कप्तानलाइ कारबाही गर्दै अब उनले ४ वटा घरेलु प्रतियोगिता खेल्न नपाउने निर्णय गरेको छ ।
मल्लले आफूलाई गरिएको कारबाही स्वीकार भएको बताएका छन् । जसले गर्दा प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोटमा ज्ञानेन्द्र खेल्न पाउने छैनन् । काठमाण्डौ जिल्लाबाट खेल्ने ज्ञानेन्द्रको टिम सेमिफाइनल पुगेमा उनले फाइनल अथवा तेस्रो स्थानका लागि हुने खेलमा प्रतिबन्ध फुकुवा हुने छ । काठमाण्डौले पहिलो खेलमा नुवाकोटसँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।