सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
यसपटक पूर्व कप्तान अनु लामा टिममा परेकी छैनन् ।
बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली तयार पारेका हुन् । जसमा अनुसँगै सुनिता चौधरी र विमला चौधरीले टिममा स्थान बनाउन सकेनन् । युवा खेलाडीलाइ प्राथमिकता दिएको नेपाली टिममा यू-१९ टिमका ६ खेलाडी नै राष्ट्रिय टिममा परेका छन् ।
जसमा पुजा राना, उषा नाथ, रेखा पौडेल, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन र अन्जना रानामगर रहेका छन् ।
करिब तीन साताको प्रशिक्षणपछि नेपाली टिमको घोषणा गरेको हो । यसपटक नेपाललाई उपाधिको दावेदारका रूपमा हेरिएको छ । भारतमा भएको महिला गोल्डकपको उपविजेता भएपछि नेपाली टिमको मनोबल पनि उच्च बनेको छ ।
फागुन २८ गते विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ ।
गोलकीपरः उषा नाथ, एन्जिला तेम्बाप्पो सुब्वा, अन्जना राना मगर
डिफेन्डरः अमृता जैशी, कविता धिमाल, पूजा राना, मन माया लिम्बू, हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर,
मिडफिल्डरः सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा,
स्ट्राइकरः सावित्रा भण्डारी, रेखा पौडेल, निरु थापा कप्तान
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।