पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन् २०१९–२० का लागि नयाँ खेलाडीको वरियता सार्वजनिक गरेको छ । वरीयता अनुसार नै उसले आफ्ना खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।
नयाँ अनुबन्धन अनुसार ए प्लस श्रेणीमा जम्मा तीनजना खेलाडी रहेका छन् । भारतीय टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह ए प्लस श्रेणीमा रहेका छन् । गएको वर्ष उक्त श्रेणीमा रहेका शिखर धवन र भुवनेश्वर कुमार भने ए प्लस श्रेणीबाट बाहिर गएका छन् । गएकाे वर्ष धवन र भुवनेश्वरको प्रदर्शन उत्कृष्ट नभएका कारण उनीहरुलाई ए प्लस श्रेणीमा राख्न नसकिएको बीसीसीआईले जनाएको छ ।
यस्तै युवा ब्याट्सम्यान तथा विकेट किपर ऋषभ पन्तलाई ए श्रेणी समावेश गरिएको छ । ऋषभले पछिल्लो समय टेस्ट तथा टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ए प्लस श्रेणीमा रहने भारतीय क्रिकेटरले वार्षिक ७ करोड रुपैयाँ प्राप्त गर्छन् । यसैगरी ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीका खेलाडीले ३ करोड र सी श्रेणीका खेलाडीले वार्षिक एक करोड रुपैयाँ पाउने छन् ।
बीसीसीआईले गरेको नयाँ अनुबन्ध
ए प्लस श्रेणीः कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह
ए श्रेणीः महेन्द्रसिंह धोनी, शिखर धवन, ऋषभ पन्त, भुवनेश्वर कुमार, रविन्चन्द्र आश्विन, रवीन्द्र जडेजा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, ईशान्त शर्मा, कुलदीप यादव, मोहम्मद शामी ।
बी श्रेणीः हार्दिक पाण्ड्या, केएल राहुल, उमेश यादव, युजबेन्द्र चहल ।
सी श्रेणीः केदार जाधव, दिनेश कार्तिक, अम्बाति रायडू, मनिष पाण्डे, हनुमा विहारी, खलिल अहमद र ऋद्धिमान साहा ।
यसैगरी महिला क्रिकेट टिमको पनि श्रेणी विभाजन गरिएको छ । जसमा महिला क्रिकेट टिममा मिताली राज, हरमनप्रीत कौर, स्मृति मन्दाना र पूनम यादवलाई ए श्रेणीमा राखिएको छ ।
उनीहरुले वार्षीक ५० लाख रुपैयाँ पाउने छन् । बी श्रेणीमा एकता विष्ट, झूलन गोस्वामी, शिखा पाण्डे, दीप्ती शर्मा, जेमिमाह रहेकी छिन् । बी श्रेणीका खेलाडीले ३० लाख प्राप्त गर्ने छन् ।
सी श्रेणीमा राधा यादव, हेमलता, अनुजा पाटिल, वी कृष्णामूर्ति, मानसी जोशी, पूनम राउत, मोना, अरुन्धती रेड्डी, राजेश्वरी गायकवाड, तान्या भाटिया, र पूजा रहेका छन् । उनीहरुले वार्षीक १० लाख रुपैयाँ पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।