झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै आयोजक झापा ११ फाइनलमा

 फागुन २४, २०७५ शुक्रबार १८:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापा गोल्डकपमा घरेलु टोली झापा ११ ले फाइनलमा स्थानमा सुरक्षित गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेल नाटकीय बन्यो ।

निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटमा थ्रीस्टार  र झापा ११ बाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी शूटआउटमा पुगेको थियो । झापा ११ थ्रीस्टारविरुद्ध ३–१ गोल अन्तरले विजयी भएको हो । जसमा थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले झापाका सुरुवाति दुई प्रहार विफल पारे पनि खेर गयो । थ्रीस्टारका तीन जना खेलाडीले पेनाल्टी प्रहारलाई सदूपयोग गर्न सकेनन् ।

झापाका कर्ण लिम्बू र हेमन गुरुङको प्रहार एलनले बचाएका थिए । त्यसपछि पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले झापाका लागि गोल गरे । यता, थ्रीस्टारका रञ्जित धिमालले गोल गर्दा बुद्ध चेम्जोङको प्रहार झापाका किपर दिनेशले बचाएका थिए । त्यसपछि रुपेश केसी र मिक्चेन तामाङले गोल गर्न नसक्दा घरेलु मैदानमा झापा फाइनलमा प्रवेश गर्‍यो ।

 

झापाका गाेलरक्षक दिनेश थापा मगर  आजकाे खेलमा  म्यान अफ् द म्याच भए ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया