भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 फागुन २५, २०७५ शनिबार ७:४१:१४ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । 

सूर्यविनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भै सूर्यविनायक बस्ने २६ वर्षका रञ्जीव लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया