चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
सुनसरी - सातौं धरान रनको उपाधि तीर्थ पुन र कान्छीमाया कोजुले जितेका छन् ।
शनिबार भएको साताैं धरान १० किमि रनमा तीर्थले ३१ मिनेट १६ सेकेन्डमा दूरी पुरा गरेका थिए । यसैगरी महिला तर्फ कान्छीमायाले ३७ मिनेट ४७ सेकेन्डमा दौड पुरा गरिन् ।
पुरुष तर्फका विजेता तीर्थको यो चौथो धरान रनको उपाधि हो । कान्छीमायाले पनि दोस्रो पटक उपाधि जित्न सफल भइन् । पुरुषतर्फ अनिस थापा दोस्रो भए । उनले ३१ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरेका थिए ।
तेस्रो भएका गजेन्द्र राईले ३१ मिनट ३५ सेकन्डमा दौड पूरा गरे ।
महिलातर्फ सन्तोषी श्रेष्ठ ३८ मिनेट ८ सेकण्डका साथ दोस्रो भइन् । उनीभन्दा ३९ सेकेण्ड बढी लगाएकी पुष्पा भण्डारी तेस्रो भइन् । उपाधि विजेताहरुमध्ये पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले नगद २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी १६ वर्षमुनिको स्पर्धामा जुम्लाका नरेश बुद्ध पहिलो, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बु तेस्राे भए । यसैगरी महिलातर्फ मनिसा राई, चन्द्रकला भुजेल र संगिता तामाङ तेस्रो स्थानमा रहे ।
भेट्रानतर्फको स्पर्धामा पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र मंगोल तामाङ्ग तथा महिलातर्फ रितादेवी राई, भीमामाया राई र गंगा गुरुङ्ग क्रमश पहिलो दोस्रो र तेस्रो भए ।
१२ वर्षमुनिको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुष तर्फ रोहन राई, आसिस खड्का र असोक तामाङ उत्कृष्ट तीन स्थानमा आए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।