चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा शनिबार सर्वाधिक ठूलो रन बनेको छ ।
लाहोर कलन्दर्ससँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबाद युनाइटेडले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको हो ।
यस्तै मुल्तान सुल्तानले पनि जारी पीएसएलमा २०० रनको आंकडा पार गरको थियो । लाहोर विरुद्ध नै २०० रन बनाएको मुल्तानले उक्त रन भने बचाउन सकेको थिएन । जसमा लाहोरले अन्तिम ओभरको अन्तिम बलमा २०४ रन बनाउँदै खेल जितेको थियो ।
यस्तै आजको खेलमा आशिफ अलीले पनि थोरै बलमा अर्धशतक बनाउने कीर्तिमानको बराबरी गरेका छन् । उनले कमरन अकमलको १७ बलमा ५० रन बनाउने कीर्तिमानी बराबरी गरेका हुन् ।
आशिफ अलीले आज १७ बलमा अर्धशतक बनाएका थिए । समग्रमा २१ बलको सामना गरेका अली ६ छक्का तथा तीन चौकाको मद्दतले ५५ रन आउट रहे ।
केमरन डेलपोर्टले ६० बलमा शतकीय पारिसहित ११७ रन बनाए ।
नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इस्लामाबाद युनाइटेडविरुद्ध लाहोरबाट बलिङ गर्दा आफ्नो स्पेलमा ४६ रन दिएर १ विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।