चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
अफगानिस्तान र आयरल्याण्डबीचको पाँच एक दिवसीय सिरिज बराबरीमा टुंगिएको छ ।
दुवै टिमले दुई दुई खेल जित्दा एक खेलको नतिजा आएको थिएन । आज भएको अन्तिम तथा पाँचौ खेलमा आयरल्याण्डले अफगानिस्तानमाथि ५ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको हो । अफगानिस्तानले दिएको २१७ रनको लक्ष्य आयरल्याण्डले ४७.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
आयरल्याण्डलाई जित दिलाउन पल स्टर्लिङले ७० तथा एन्डी बलबिरिनले ६८ रनको योगदान गरे । केभिन ओ'ब्राइन ३३ रनमा अविजित रहँदै खेल टुंग्याएका थिए ।
अफगानिस्तानका जहर खानले २ तथा मुजिब अर रहमान र रासिद खानले एक विकेट हात पारेका थिए ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि अस्गर अफगानले ८२ तथा मोहमद नाबीले ४० रन बनाएका थिए । यसैगरी रासिद खानले नटआउट ३५ रन बनाए ।
आयरल्याण्डका जर्ज डकरेलले २ विकेट हात पारे । सिरिज बराबरी भए पनि अफागानिस्तानका रासिद खानले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन् । अहिलेसम्म १२३ एकदिवसीय, ५७ टी–२० र २ टेस्ट खेलेका रासिदले आज लिएको एक मात्र विकेटले यो रेकर्ड बनाउन पर्याप्त बन्यो ।
सर्वाधिक ७० रन बनाएर खेलिरहेका पल स्टर्लिङलाई एलबीडब्ल्यूको धरापमा पार्दै दुई सयौं विकेट आफ्नो नाममा पार्न सफल भएका हुन् । रासिद खान आईसीसीको वरीयतामा एक दिवसीय बलरमा दोस्रो तथा टी–२० मा शीर्ष स्थानमा छन् ।
यसैगरी ब्याटिङ र बलिङमा दुवैमा उत्कृष्ट खेल प्रदर्शन गर्ने रासिद अलराउण्डर तर्फ एक दिवसीयमा शीर्ष स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।