डीआईजी शाहसँग जनप्रतिनिधिकाे गुनासाे : विप्लव समूहले पत्र लेखेर धम्क्याएका छन्

 फागुन २७, २०७५ सोमबार १९:२२:१२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखका स्थानीय तहका प्रमुखहरूले विप्लव नेतृत्वकाे नेकपाबाट आफूहरुथि सुरक्षा चुनौती रहेको बताएका छन् । जिल्ला भ्रमणमा आउनुभएका कर्णाली प्रदेशका इञ्चार्ज प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहसँगको भेटमा उनीहरुले आ-आफ्नाे दुखेसाे पाेखेका हुन् । 

जिल्ला प्रहरी कार्यालयमा डीआईजी शाहले जिल्लाका ११ वटै जनप्रतिनिधिहरुले समस्या दर्शाउने भेटघाट कार्यक्रम आयाेजना गर्नुभएको थियाे । भेटघाट कार्यक्रममा स्थानीय तहका प्रमुख, उप्रमुख र वडाअध्यक्षले पदबाट राजीनामा माग्दै विप्लव समूहले पत्र लेखेर धम्क्याएको बताएका थिए । 

पत्र र फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढेको जनप्रतिनिधिहरुले जानकारी गराएका थिए । गाउँमा योजना अनुगमनमा जाँदा हामीलाई चन्दा दिनु नत्र अनुगमन गर्न पाउनुहुन्न भनी विप्लव कार्यकर्ताले धम्क्याएको त्यहाँ उपस्थित एक जनप्रतिनिधिले सुनाए । 

जनप्रतिनिधिहरुको समस्या सुनिसकेपछि विप्लव समूहको गतिविधि प्रहरीले नियालेको जानकारी गराउदै आतंक मच्चाउनेलाई कारबाही गर्ने र सुरक्षा प्रभावकारी बनाइने डीआईजी शाहले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत १, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया