साफ महिला च्याम्पियनसिप फुटबल  प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने

 फागुन २८, २०७५ मंगलबार ९:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ ।

महिला फुटबल प्रतियोगिताका सम्पुर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ । 

प्रतियोगितामा सहभागी टिमका कोचसहित क्याप्टेनको उपस्थितिमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।

दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।  तर पहिलो उद्घाटन खेल भने ३ बजे पछि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी हुँदैछन् ।  अहिले  ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर आइसकेका छन् । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । 

साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया