पाकिस्तान क्रिकेट बोर्डले गर्‍याे भारतविरुद्ध उजुरी

 फागुन २८, २०७५ मंगलबार १०:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले भारतीय टिमविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीमा उजुरी गरेको छ । गएको शुक्रबार भएको अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेट खेल्ने क्रममा भारतीय खेलाडीले सैनिकको टोपी लगाएकोमा आपत्ति जनाउँदै पीसीबीले भारतीय टिमलाई कारबाही माग गर्दै आईसीसीमा लिखित उजुरी गरेको हो । 

पीसीबीका अध्यक्ष एस्सान मणीले भारतीय खेलाडीलाई सेनाको टोपी लगाउन लगाएर भारतले क्रिकेटमा राजनीति प्रवेश गराएको दाबीसहित कारबाहीका लागि निवेदन दिएको बताएका छन् । उनले आईसीसीलाई अर्को पनि पत्र पठाउने तयारी रहेको जानकारी पनि दिएका छन् । 

भारतले फ्रेब्रुअरी १४  तारिखमा काश्मिरमा आतंकबादी हमलामा मारिएका सुरक्षाकर्मीको सम्मानमा खेलाडीले यस्तो टोपी लगाएको बताएको छ । तर, आईसीसीका प्रवक्ताले भारतीय क्रिकेट बोर्ड बीसीसीआईले खेल अघि यसबारे आईसीसीलाई जानकारी गराएको र आईसीसीले यसको अनुमति दिएको बताएको बीबीसीले जनाएको छ । च्यारिटीमार्फत रकम संकलनका लागि यस्तो अनुमति दिइएको आईसीसीको भनाई छ । 

तर, पीसीबीले यसअघि इग्ल्याण्डका खेलाडी मोइन अलीले सन् २०१४ मा भारतसँगको खेलमा सेभ गाजा र फ्री प्यालेष्टाइन लेखेको आर्मब्याण्ड लगाउन नदिइएको तथा सन् २०१७ मा दक्षिण अफ्रिकाका इमरान ताहिरले धार्मिक प्रवचक जुनैद जम्सेदको टीसर्ट देखाएबापत आईसीसीले अनुशासनको कारबाही गरेको उदाहरण दिँदै भारतलाई बेग्लै खालको ब्यवहार नगर्न ध्यानाकर्षण गराएको अध्यक्ष मणीले बताएका छन् । 

भारतीय सेनाका मानार्थ कर्णेल समेत रहेका भारतीय टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले मैदानमा खेलाडीलाई सेनाको टोपी वितरण गरेका थिए । 
 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया