मन्त्रिमण्डल पुनर्गठनबारे प्रचण्ड र ओलीबीच छलफल

 फागुन २८, २०७५ मंगलबार १४:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल थालेको बताउनु भएको छ । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि काम र योगदानका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्न  छलफल थालेको बताउनुभयो । 

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको बताउनु भएको हो । यस्तै उहाँले सीके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिप्रति पार्टीकै केही नेताले असन्तुष्टि देखाएको भन्दै त्यसबारे पार्टीमा आएर छलफल गर्न सचेत गराउनुभयो । 

सरकारले गरेको सहमतिबारे बाहिर विरोध गर्दै हिँड्नुभन्दा पार्टीभित्रै छलफल गर्न उहाँले सुझाव दिनु भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया