आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम भारत जाने

 फागुन २८, २०७५ मंगलबार १७:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली युवा टिम भारत जाने भएकाे छ ।

मलेसियामा हुने प्रतियाेगिताका लागि नेपाली युवा टिम भारतको आन्ध्र प्रदेश जाने तयारीमा रहेकाे छ । नेपालमा एक साताकाे अभ्यास पछि टिम भारत जाने भएकाे हाे ।

भारतमा स्थानीय टिमसँग अभ्यास खेल खेल्ने याेजना टिमकाे रहेकाे छ । जसका लागि त्यहाँकाे प्रदेश क्रिकेट संघसँग सल्लाह भइरहेकाे प्रशिक्षक विनाेद दाशले बताएका छन ।

अप्रिलकाे दोस्रो साताबाट मलेसियामा हुने एसिया छनोटमा ६ टोलीकाे सहभागिता रहेकाे छ । जसमा नेपालसहित मलेसिया, सिंगापुर, यूएई, कुवेत र ओमन रहेका छन् । याे प्रतियाेगिताकाे विजेताले २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा साेझै स्थान बनाउने छ ।

कीर्तिपुरमा जारी प्रशिक्षण र अभ्यास खेलमा हाल ५० खेलाडी रहेका छन् । जसबाट दाेस्राे चरणमा २६ खेलाडी छनाेट गरिनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया