‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयले परिणाम राम्रो दिँदैन : बाबुराम भट्टराई

 फागुन २९, २०७५ बुधबार ९:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताउनुभएको छ । 

विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित नभएको प्रतिक्रिया दिनुभएको हो । 

सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले ‘नेकपा डबल’को सरकारले नेकपा चन्द समूहलाई आपराधिक भन्दै प्रतिबन्ध लगाएको घटनालाई माक्र्सले भनेझैं मजाक भन्ने कि वियोग भन्दै प्रश्न पनि गर्नुभएको छ ।  

उहाँले लेख्नुभएको छ – यसले ठिक सय वर्ष पहिले सन् १९१९ मा जर्मनीको दक्षिणपन्थी ‘एसपीडी’ ले रोजा नेतृत्वको वामपन्थी ‘केपीडी’ लाई र सन् १९६७ पछि बंगलामा ‘सीपीएम’ ले ‘सीपीआई–एमएल’ लाई दबाएको सम्झना गरायो है । परिमणाम के भो ? 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया